लिम्पियाधुरा सहितको क्षेत्र समेटिएको नयाँ नक्सा बनाउन राज्य व्यवस्था समितिको दिर्नेशन

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले भारतले आफ्नो नक्सामा समावेश गरेका क्षेत्रलाई समेटीएको नयाँ नक्सा बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको बैठकले  लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिको बैठकमा भूमि व्यवस्थामन्त्री पदमा अर्यालको सहभागिता रहेको थियो । उनले पनि भारतको नक्स त्रुटिपूर्ण रहेको सहमति जनाएकी छन् । सरकारले यो विषयलाई गम्भिर रुपमा लिए पनि जानकारी गराएकी छन् ।

बैठकमा समितिकी सभापति शशी श्रेष्ठले लिम्पयाधुराको काली ९स्थानीय भाषामा कुटीयांदी० नदीलाई सीमा मानेर तत्काल नयाँ नक्सा सार्वजजिक गर्नुपर्ने बताएकी छन् । त्यसैगरी समितिलो पाठ्यक्रममा पनि सुधार गर्नुपर्ने माग गर्दै सरकारलाई निर्देशन दिएको छ ।

राज्य व्यवस्था समितिले आम नेपालीहरु एकतावद्ध भई भारतीय अतिक्रमणको विरोध गरिरहेको बेला नेपाल भारतबीच रहेका अन्य स्थानका सीमा विवाद समाधान गर्न तत्काल पहल गर्न सरकारलाई आग्रह गरेको छ । साथै भारतीय अतिक्रमणविरुद्ध एकजुट भएर अगाडि बढ्न पनि समितिले अपील गरेको छ ।

सोमबारको बैठक महत्वपूर्ण भएकाले समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो । तर उहाँ उपस्थित हुनुभएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार