तत्काल काठमाडौंमा लकडाउन नखुल्ने, अन्य ठाउँकाे अवस्था हेरी खुकुलो पार्ने तयारी

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको समय बैशाख २५ गते सकिदै छ । समय सकिन तीन दिन बाँकी रहँदा अबको लकडाउन कसरी अगाडी बढाउने भन्ने विषयमा व्यापक छलफल भइरहेको छ ।

सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समितिले लकडाउन मोडालिटीको खाका तयार पार्न विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले गृह, अर्थ र स्वास्थ्य मन्त्रालयलाई मोडालिटी कस्तो बनाउने भनेर खाका तयार गर्न निर्देशन दिएको बताइएको छ।

ती मन्त्रालयले तयार पारेको खाकालाई समितिले मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने छ । उक्त खाका भोलीसम्म समितिमा पेश गर्न बैठकले सम्बन्धित मन्त्रालयलाई भनेको छ ।

यसअघि गृह मन्त्रालयले कोरोनाको अवस्थालाई हेरी हरेक जिल्लालाई तीन भागमा छुटाएको छ । रेड जोन, एल्लो जाेन र ग्रीन जोन गरी तीन वटा जोनमा विभाजन गरेको छ ।

तर काठमाडौंलाई भने रेड जोनमा राखिएको छ । देशका अन्य ठाउँमा संक्रमणको अवस्था हेरी लकडाउन खुकुलो वा कडा बनाउने तयारी गरेपनि काठमाडौंमा भने तत्काल नखोल्ने तयारी गरेको छ । काठमाडौंलाई ‘हाइरिस्क’मै राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार