नेपाल–कोरिया सम्बन्धको ५०बर्ष पुगेको अवसरमा कामदारमा लक्षित पुस्तकहरु सार्वजनिक


काठमाडौं । नेपाल र दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध ५० बर्ष पुगेको अवसरमा नेपालबाट रोजगारका लागि कोरिया जाने र फर्कनेहरुमा लक्षित पुस्तकहरु सार्वजनिक गरिएको छ ।

इपिएसमार्फत कोरिया पुगेर फर्केका युवाहरूलाई स्वदेशमा केहि गर्नका लागि सहजीकरण होस भन्ने उद्देश्यले नेपाल सरकार र दक्षिण कोरिया सरकारको पहलमा सुरू गरिएको “के हामी” नामक परियोजनाले मंगलबार चार वटा पुस्तक सार्वजनिक गरेको हो।

भक्तपुरमा आयोजित पुस्तक सार्वजनिक तथा परिक्षण कार्यक्रममा कोरियाको अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) का नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कोङ र नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चलराज पाण्डेले संयुक्त रुपमा पुस्तकहरु विमोचन गरेका हुन् ।

“के हामी” परियोजनाले नेपाली युवाहरूलाई कोरिया पुगेपछि र नेपाल फर्किएपछि काम गर्नका लागि सार्वजनिक गरिएका चार वटै पुस्तकहरु उपयोगी हुने कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर कोङले बताए । कार्यक्रममा आफ्नो भविष्यको परिकल्पना, सुखी प्रवासन जीवनका लागि वित्तीय गाइडबुक, वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श र कोरिया रिटर्नीहरुका लागि पुनः एकिकरण सम्बन्धी जानकारीमुलक पुस्तिका गरि चार वटा गाइडबुक सार्वजनिक गरिएका छन् ।

यी पुस्तक कोरिया जाने तयारीमा रहेका युवा र कोरियाबाट फर्केकालाई निकै महत्त्वपूर्ण हुने (इपिएस) शाखाकी निर्देशक मैयाँ कँडेलले बताइन् ।

मन्त्रालयका सहसचिव पाण्डेले पनि कोरियाबाट फर्केका युवाहरूलाई पुनःएकीकरण गर्न सहज हुने तथा वित्तीय साक्षरतामा पनि पुस्तकले सघाउने विश्वास व्यक्त गरे।

कोरियामा काम गरेर फर्किएका नेपालीहरूलाई देशभित्रै पुनःएकीकरण गर्न नेपाल सरकार र कोरिया सरकारको पहलमा ुके हामीु परियोजना सुरु गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

नेपाल फर्किएपछि उद्यमशीलताको विकास, रेमिटेन्सको सदुपयोग जस्ता विषयमा जानकारी गराइ पुनःएकीकरण गर्ने उद्देश्यले एक अर्बभन्दा बढी नेपाली रूपैयाँको कार्यक्रम अघि सारिएको डाइरेक्टर कोङले बताए । उनकाअनुसार यो कार्यक्रम सन् २०२४ देखि २०२८ सम्म संचालन हुनेछ । कार्यक्रममा कोरियाबाट फर्केका करिब ३० जना महिला र पुरुषहरुको पनि सहभागिता थियो । कार्यक्रममा उनिहरुलाई पशिक्षण दिइएको थियो ।

नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कोङसंगको संवाद पनि हेरौं

यो पनि पढौं

कोरियाबाट फर्केका महिलाहरुलाई उद्यमी बनाउने प्रयास

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार