
काठमाडौं । अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल टप ७ मा पुग्न सफल भएका छन् । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेश टप ७ मा पुगेका हुन् ।
दिवेशको गायनको सबैले प्रशंसा गरिरहेका छन् । उनका लागि अमेरिकन आइडलको फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । फाइनलका लागि उनको आजको प्रस्तुती नै रहेको छ । आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाएका छन् ।
यो गीतबाट पनि उनले दर्शक र जर्जको तारिफ पाएका छन् । अब भोटिङका आधारमा टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ । फाइनल अर्को साता १७ मेमा हुनेछ ।
अमेरिकन आइडलमा भोट दिन तीन तरिका छन् । एसएमएस गरेर, अमेरिकन आइडलको एप डाउनलोड गरेर र अमेरिकन आइडलको वेबसाइटमा गएर । तीनवटै विधीबाट १०–१० पटक भोट गर्न सकिन्छ । तर, यो अमेरिकामा बस्नेहरुका लागि मात्रै हो । नेपाल र अन्य मुलुकबाट भोट गर्न चाहिँ भीपीएन डाउनलोड गर्नुपर्ने हुन्छ ।









