रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत प्रस्थान, सीमाको बिषय उठ्ला?


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेसहितको टोली आज भारत प्रस्थान गरेको हो ।

सभापति लामिछानेसँगै पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।

पाँचदिने भ्रमणका क्रमका उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

लामिछानेले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।

प्रधानमन्त्री बालेन शाहले भारतसंगको सीमाबारे संसदमा दिएको अभिब्यक्तिका कारण सदनदेखि सडकसम्म भइरहेको विरोधकाबीच सत्ताधारी पार्टीका सभापति लामिछानेको भारत भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
उनले सीमा विवादबारे भारतसमक्ष कुरा राख्लान ? भन्ने आमचासो छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार