
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरमा १ र बाँकेमा ८ गरी शुक्रबार विहान ९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।












