थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार विहान नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मी दुई र सुर्खेतमा १२ गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुर्खेतमा कोरोना संक्रमण देखिएका मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिकाका रहेका छन् ।
संक्रमित सबै भारतबाट आएको खुलेको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ ।

त्यस्तै गुल्मीमा पनि दुई जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १ जना जनप्रतिनिधि रहेको खुलेको छ । त्यस्तै एक जना भने भारतबाट आएका व्यक्ति हुन् । गुल्मीमा यसअघि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार