
काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतदानको नतिजा अनुसार गिरीले ३६६ मत पाएर अध्यक्षमा विजयी भएका हुन् । निर्वाचनमा उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाएका छन्। यसअघि गिरी सेन्टरको वरिष्ठ उपाध्यक्ष थिए भने रावल उपाध्यक्ष थिए ।
त्यसैगरी, सम्पन्न निर्वाचनमा सेन्टरको वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी विजयी भएका छन् । उनले ३९७ मत पाएका छन् । उनका प्रतिस्पर्धी सुदिप बर्देवाले १११ मत पाए ।
संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत पाए भने उनका प्रतिस्पर्धी दीपेन्द्र शर्माले १४५ मत पाएका छन् । त्यस्तै उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संगठनको उपमहासचिव महिलातर्फ लक्ष्मी आचार्य, उपमहासचिव दलिततर्फ हरिश बिक, उपमहासचिव मधेशीतर्फ अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातितर्फ बुद्ध लोप्चन निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल विजयी भए । उनले १६५ मतका पाए भने उनका प्रतिस्पर्धी बोमलाल गिरीले १५६ मत पाए ।
संगठनको खुला सचिवमा सुरेन्द्र चालिसे र सन्तोष देउजा निर्वाचित भएका छन्। सचिव महिलातर्फ अञ्जली थापा, सचिव समावेशीतर्फ अवतार राई निर्वाचित भएका छन् ।
सेन्टरको प्रदेश सचिव अन्र्तगत प्रदेश एकबाट दीपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक, कर्णाली प्रदेशबाट गाणेशकञ्चन भारती, सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भएका छन् ।
भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एशोसिएट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा भएको निर्वाचनमा वसन्त गिरी निर्वाचित भए ।
निर्वाचन समितिका संयोजक गोविन्द आचार्यका अनुसार २९ जनाको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदमा प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् । निर्वाचनमा १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएको समेत उनले जानकारी दिए।











