रुकुम घटनाका पीडितलाई कर्णाली सरकारले राहत दिने


सुर्खेत । रुकुमका भएको जातिय घटनाका पीडितहरुलाई कर्णाली प्रदेस सरकारले राहात दिने भएको छ । शनिवार साँझ रुकुमको चौरजहारीमा भएको जातिय घटनामा ३ युवाको मृत्यु भएको थियो भने ३ युवा अझै भेरी नदीमा वेपत्ता छन् ।

दलित युवासहित ३ जनाको मृत्यु र ३ जना वेपत्ता रहेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पीडित परिवारलाई उचित राहत दिने बताएका हुन् । राहात कति दिने भन्ने कुरा भने खुलाइएको छैन ।

घटनाको छानबिन गर्न केन्द्र सरकारको गृहमन्त्रालयले समिति गठन गरिसकेको भएपनि प्रदेश सरकारको तर्फबाट समेत छानबिन गरी दोषिमाथि कडा कारबाही गर्न निर्देशन दिइसकेको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

शनिवार जाजरकोटको भेरी नगरपालिका-४ का २१ वर्षीय नवराज विक पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ औलकी प्रेमिका १७ वर्षीय सुष्मा मल्ललाई भगाउन गएका बेला आउँलेको आक्रमण गर्दा उक्त घटना भएको । आक्रमणमा परी नवराजसहित उनका ३ जना साथीको ज्यान गएको हो भने अन्य ३ युवक भेरी नदीमा अझै वेपत्ता छन् ।

वेपत्ता हुनेमा नवराजका साथी लोकेन्द्र सुनार, सन्जु बिक र गोविन्द शाही रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार