
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले रुकुम चौरजहारी घटनाको पृष्टभुमिमा जातिय विभेद देखिएको बताएका छन् । उक्त घटनाबारे सकरारको गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले उक्त घटनाले नेपाली समाजलाई कंलकित स्थितिमा पुर्याएको समेत बताए ।
बुधबार बसेको प्रतिनिधिसभामाबैठकमा घटनाबारे बोल्दै प्रधानमन्त्री ओलीले भने, “रुकुमको घटनाको पृष्टभुमीमा जातिय विभेद र छुवाछूत देखिन्छ । जुन घटना अत्यन्त दुखद छ, यसले नेपाली समाजलाई कलँकीत स्थितीमा पुर्याएको । घटनामा दोषीमाथि कारवाही हुन्छ । सरकारले रुकुम घटनालाई गम्भिरताका साथ लिएको छ ।”
सरकारले छानवीन समिति बनाएर काम गरिरहेको र निष्पक्ष छानवीन हुने प्रधानमन्त्रीको भनाई छ । “निष्पक्ष छानवीन हुन्छ, जसको जे दोष गरेको छ, त्यही अनुसार कारवाही हुन्छ भन्ने बिश्वास दिलाउन चाहान्छु,” उनले भने ।
अन्तरजातिय प्रेमलाई लिएर जेठ १० चौरजहारी नगरपालिका ८ सोतीमा साँझ भएको घटनामा ६ जना युवाको ज्यान गएको थियो ।
जाजरकोटको भेरी नगरपालिका-४ का २१ वर्षीय नवराज विक आफ्ना साथीहरु सहित सोतीमा रहेकी प्रेमिका १७ वर्षीय सुष्मा मल्ललाई भगाउन गएका बेला आउँलेको आक्रमणमा परेका पर्दा उनिसहित ६ जना युवाको मृत्यु भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा वडाअध्यक्ष, युवती, युवतीका आमा बुवासहित २५ जनालाई प्रक्राउ गरी प्रहरीले अनुसंन्धान गरिरहेको छ ।
अन्तरजातिय प्रेमलाई लिएर जातिय नरसंहार भएको भन्दै अहिले त्यसको देशभर चर्को विरोध भइरहेको छ । संसददेखि सडकमा दोषीमाथि हदैसम्मको कारवाहीको माग गर्दै विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।










