
काठमाडौं । कोरोनाका कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा पनि नलिइने भएको । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कोरोनाका कारण् परीक्षा लिन सपकने अवस्था नभएकाले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो ।
विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।एसईईको नतिजा पनि विद्यार्थीको आन्तरिक मूल्याङ्कनबाट ग्रेडिङ गर्ने निर्णय गरिएको थियो ।










