
काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ नेकपाको बैठक स्थायी समिति बैठक स्थगित भएको छ । बैठक असार २६ गते बस्ने गरी स्थगित भएको हो ।
पार्टीको विवाद बारे दुई अध्यक्षबीच सहमति नमिलेपछि फेरि आजका लागि तय गरेको बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।
यसअघि पनि पार्टी भित्रको विवादका कारण पटक पटक नेकपाको स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो ।











