बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या सय नाघ्यो, ४१ जना अझै वेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या सय नाघेका छ ।

सोमबारदेखि देशका विभिन्न स्थानमा परेको बर्षासंगै आएको बाढीपहिरो र डुबानमा परी आजसम्म १ सय १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बाढी पहिरोमा परी सुदूरपश्चिम प्रदेशमा ३१, कर्णाली प्रदेशमा ७, प्रदेश १ मा ६० र वाग्मती प्रदेशमा १ गरी १ सय १ जनाको मृत्यु भएको छ ।

त्यसैगरी बाढीपहिरोमा परी देशभर ४० जना घाइते भएका छन् भने ४१ जना वेपत्ता भएका छन् । प्रहरीकाअनुसार सुदूरपश्चिम प्रदेशमा १७, कर्णाली प्रदेशमा ४, प्रदेश १ मा १९ गरी जम्मा ४० जना घाइते भएका छन् ।

त्यसैगरी बाढीपहिरोमा परी सुदूरपश्चिम प्रदेशमा २३, कर्णाली प्रदेशमा १, प्रदेश १ मा १३, प्रदेश २ मा १, लुम्बिनी प्रदेशमा ३ जना गरी ४१ जना वेपत्ता भएका छन् । उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

अविरल बर्षापछि आएको बाढीपहिरो, डुबान र कटानमा सबैभन्दा बढी क्षती सुदूरपश्चिममा भएको छ । त्यहाँ ठुलो धनजनको क्षती भएको प्रहरीको तथ्याङमा उल्लेख छ । सुदूरपश्चिमका क्षतीग्रस्त क्षेत्रमा आज प्रधानमन्त्री शेर शहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, प्रर्यटनमन्त्री प्रेम आले लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ ।

टोलीले बझाङ, बैतडी, डोटी, डडेल्धुरा, कंचनपुरको सीमापारी दोधारा चाँदनी, कैलालीको धनगढी लगायतका क्षतीग्रस्त ठाउँहरुको अनुगमन गरेको छ । प्रधानमन्त्री देउवाले पीडितलाई उचित राहात दिने आश्वासन दिएका छन् । प्रधानमन्त्रीको टोली भोली काठमाडौं फर्किने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार