नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया चिनियाँ महिला रहेकी छिन् ।

पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत शुक्रबार काठमाडौं ल्याइ धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पतालमा रिफर गरिएको थियो ।

टिचिङमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतको बताएको छ । यसबारे स्वास्थ्य मन्त्रालयले भने औपचारिक जानकारी दिएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार