
काठमाडौं । काठमाडौं लगायत अन्य ठाउँमा स्वास्थ्यकर्मीमाथि दु व्र्यहारका खबर आइरहेका बेला नायिका वर्षा सिवाकोटीले नर्स र डाक्टरहरुलाई सम्मान गर्न आग्रह गरेकी छन् ।
को रोना महामारीको कठिन समयमा अग्रपंतीमा रहेर जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मीमाथि छर छिमेकीबाटै दु व्र्यहार हुनु दुखद र अशोभनिय भएको वर्षाको भनाई छ ।
सोमबार उनले आफ्नो सामाजिकसंजालमा एक सन्देश दिदैं लेखेकी छन, “यस्तो जटिल परिस्थितीमा एक अर्काका लागि सहयोग, माया र सद्भाव राख्नु अत्यन्त आवश्यक छ। केही घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, कतिमा त अझ संक्रमितको स्याहारमा लाग्नुहुने डाक्टर, नर्सहरुमा पनि संक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति पक्कै पनि अशोभनीय छ। त्यसैले, हालको यस जटिल परिस्थितीमा हाम्रा लागि दिनरात नभनी खटिनु हुने फ्रन्ट लाइन वर्कसलाई सम्मान गर्ने गरौँ।”
नायिका वर्षाले उनले मानवताको नाताले महामारीको समयमा एक अर्कालाई साथ दिन र सहयोग गर्न अपिल समेत गरेकी छन् ।
“आफ्नो समुदायमा कोही संक्रमित हुनुहुन्छ भने उहाँहरुको विशेष ख्याल राख्ने गरौँ। मानवताकै नाताले नै किन नहोस्, अहिलेको अवस्थामा एक अर्कालाई साथ दिऔँ र सहयोग गरौँ,” वर्षाले सामाजिकसंजालमा लेखेकीछन् ।
केही दिन अघिमात्रै चितवनमा संक्रमित डाक्टरको घरमा ब्यानर लगाउने र काठमाण्डौमै डाक्टरहरु बसेको होस्टेल स्थानियहरुले घेरेका खबरहरु सार्वजनिक भएको थिए । उक्त घटनाको चौतर्फी वि रोध भएपछि सरकारले त्यस्तो गर्नेलाई कारवाही गर्न परिपत्र समेत गरिसकेको छ ।









