प्राधिकरणको निर्देशकमा कुलमानलाई नै निरन्तरता दिन करिश्मादेखि दिपकराजको सरकारलाई दबाब


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिन कलालारहरुले पनि सरकारलाई दबाब दिन थालेका छन् । उज्यालो नेपालका एक मात्रै अभियान्ताका रुपमा स्थापित घिसिङलाई फेरि निर्देश भएको हेर्ने धोको रहेको भन्दै दबाब दिन थालेका हुन् ।

दैनिक १८ घन्टा बढी लोडसेटिङ भइरहेको देशलाई लोडसेटिङ मुक्त गराउने घिसिङको कार्यकाल यहि २९ भदौबाट सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा नयाँ कार्याकारी निर्देशकको यतिबेला दौडधुप चलिरहेको छ ।

तर सामािजक सञ्जालमा उनलाई नै फेरि  प्राधिकरणको जिम्मेवारी दिनुपर्ने भन्दै सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले आवाज उठाउन थालेका छन् । अभिनेत्री करिश्मा मानान्धरले पनि कुलमानसँगको फोटो सामाजिक सञ्जालमा राख्दै फेरि विद्युत प्राधिकरणमा उनलाई हेने चाहाना भएको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्– ‘थोरै आफ्नो सोचेर धेरै अरुका लागि गर्ने कमै मानिस हुन्छन् ।  कुलमान घिसिङ फेरि चाहिन्छ ।’

त्यस्तै कलाकार दिपकराज गिरीले पनि कुलमानलाई नै फेरि कार्यकाल थप गरेको सरकारकारको निर्णय सुन्ने चाहाना भएको बताएका छन् ।  उनले सामाजिक सञ्जालमा लेखेका छन्,’आज बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिगं लाइ नै बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकार संग यस्तै आसयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको बिकल्प छैन।’

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार