
काठमाडौं । नायिका अनुष्का शर्मा आमा बन्दै छन् । अनुस्का र क्रिकेटर विराट कोहलीले आफूहरु तीन जना हुने जानकारी दिएका छन् । विराटले सामाजिक सञ्जालमा फोटो राख्दै आफूहरु दुई बाट तीन जना बन्न लागेको जानकारी दिएका छन् ।
उनीहरुले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आउँदो बर्ष हामी तिन जना हुनेछौं । हामी माता–पिता बन्न लागेका छौं ।’
उनीहरुले आफूहरु सन्तानको प्रतिक्षामा रहेको बताएका छन् ।
क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माले सन् २०१८ को डिसेम्बर ११ तारिखमा बिहे गरेका थिए । बिहे भएको करिब २ बर्षपछि उनीहरु आमा–बुबा बन्न लागेका हुन् ।









