
काठमाडौं । हिमाल आरोहणका लागि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा लुक्ला पुगेका छन् ।
नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका राजकुमारसहित १५ र तीन बेलायती नागरिकको टोली बिहीबार लुक्ला पुगेको हो ।
राजकुमारसहितका ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए भने टोलीका अन्य सदस्य, गाइड तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका थिए ।
कोरोना महामारीबीच पनि सरकारले हिमाल आरोहणका लागि अनुमती दिएपछि विदेशबाट हिमाल आरोहण गर्न आउने बहराइनका राजकुमारको टोली पहिलो हो ।









