धनुषा । धनुषामा थुरुवा कोठाको भित्ता भत्काएर ६ जना थुनुवा फरार भएका छन् । जिल्लाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको भित्ता भत्काएर ६ जना थुनुवाहरु फरार भएका हुन् । उनिहरु लागुऔषध, हातहतियार, अभद्र व्यवहारमा पक्राउ परेका थिए ।
फरार हुनेमा लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनिहरुलाई म्याद थप गराएर अनुसन्धानका लागि हिरसातमा राखिएको प्रहरीको भनाई छ ।
पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर आज बिहान ३ बजे थुनुवाहरु फरार भएका थिए । उनिहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ । थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेचन यादव विवादमा तानिएका छन् ।
भिडियो पनि हेरौं