
बाँके । कोरोना संक्रमणबाट नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य सतमान पुनमगरको मृत्यु भएको छ । ६० वर्षीय नेता पुनमगरको मंगलबार बिहान बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको एमालेले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई वैशाख ३१ गते जिल्ला अस्पताल रुकुम पश्चिम लगिको थियो तर अवस्था जटिल भएको भन्दै हेलिकोप्टरमार्फत कोहलपुर ल्याइएको थियो ।
रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–१० का स्थायी बासिन्दा नेता पसन रुकुम पूर्वको भूमि, व्यवस्था तथा सुकुम्बासी आयोगका अध्यक्ष समेत रहेका थिए ।









