
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न निर्देशन दिएका छन् ।
सोमबार मन्त्रालयमा मेट्रो रेल विभागका प्रमुखसँग छलफल गर्दै मन्त्री नेम्वाङले लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् ।
नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्नेमा उनले जोड दिए ।
उनले जहाज कार्यालय र यातायात व्यवस्था विभागका प्रमुखहरुसंग पनि सोहि भेटमा छलफल गरेका छन् ।
पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।









