
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली आज पहिलो पटक संसदमा बेल्न लागेका हुन्।
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा ओली संसदमा नबोली एमालेबाट प्रदीप ज्ञवालीलाई बोल्न लगाएका थिए । प्रतिनिधिसभा बैठक आज दिउँसो एक बजे बस्दैछ । ओली नेतृत्वको सरकार ढल्नु र पार्टी फुटको गम्भिर अवस्थामा आएको बेला ओलीले संसदलाई गर्न लागेको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।














