
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा। चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।
एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध उनले अभिव्यक्ति दिएका थिए । उनको अभिब्यक्ती विवादमा परेपछि सल्लाहकार नेपाल पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।
राष्ट्रपति कार्यालयले नेपालको राजीनामा आज स्वीकृत गरेको जनाएको छ ।
सल्लाहकार नेपालको अभिब्यक्ती गैरजिम्मेवार भएको भन्दै एमाले अध्यक्ष केपी ओली लगायतले खरो विरोध गरेका थिए ।









