आज प्रतिनिधि सभा बैठक बस्दै, एमालेको अवरोध के होला ?

काठमाडैं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची रहेका संसद सचिवालयले जनाएको छ।

बैठकलाई केहि दिन यतादेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरूद्ध गर्दै आएकोमा आजपनि जारी राख्ने बतएको छ।

एमालेले बैठकमा अवरोध गरेपनि सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएर पारितसमेत गरिसकेको छ।

पार्टीले कारबाही गरेका १४ जना सांसदको सूची सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेर पार्टी विभाजन गर्न भूमिका खेलेको भन्ने आरोप लगाउँदै एमालेले संसद अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ सांसदहरु नयां दलमा आवद्ध भइसकेकाले कारवाही गरिएको सूचना टाँस्न नमिल्ने निर्णय गरेका थिए । उक्त निर्णय एमालेले पुर्वाग्रही र पक्षपाती भन्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार