
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएका छ। माओवादी उम्मेदवार २२ वर्षीय राजाबाबु यादव ४ हजार ८१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी काँग्रेसलाई झण्डै दोब्बर मतले पछारेका छन् । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका उनकै काका । हरिनन्दन प्रसाद यादवले २ हजार ३ सय ३९ मत मात्र प्राप्त गरे।
गाउँपालिकको उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार गीतादेवी साह ३ हजार ५ सय २३ मतसहित विजयी भएकी छन् भने उनको प्रतिस्पर्धी कांग्रेसका कोशिला साहले २ हजार ६ सय ३७ मत प्राप्त गरिन् ।
२०७४ को स्थानिय तह निर्वाचनमा कांग्रेसका कृष्णप्रसाद बर्मा निर्वाचित भएका थिए । गाउँपालिका अध्यक्षमा विजयी राजाबाबु सर्लाही क्षेत्र नम्बर ४ का माओवादीका प्रभावशाली नेता एवं पुर्व सांसद शिवपुजन रायका जेठा छोरा हुन् ।









