बाराको बारागढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

बारा । बाराको बारागढी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जसपाबाट अध्यक्षमा अशोककुमार जयस्वाल विजयी भएका छन ।

उनले ५ हजार ४२६ मत प्राप्त गरे उनका प्रतिस्पर्धी एमालेको बृजकिशोर प्रसाद ३ हजार ४२ मत पाए । त्यस्तै उपाध्यक्षमा पनि जसपाकै लक्ष्मी देवी राय ४ हजार ३६६ मत प्राप्त गर्दै विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी कलावती देबी थरुनीले ३ हजार ६२१ मत पप्त गरिन। उपाध्यक्षमा निर्वाचित राय यसअघि पनि उपाध्यक्ष थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार