
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट हटाउन लागेको भन्ने हल्ला मात्रै भएको भएका छन् ।
आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै आफुले मुख्यमन्त्री रावतलाई पदबाट राजीनामा निर्देशन दिएको भन्ने खबरमा सत्यता नभएर हल्ला मात्रै बताएका हुन् । मुख्यमन्त्री राउतलाई आफुले त्यस्तो कुनै निर्देशन नदिएको र हटाउने कुनै योजना पनि नभएको अध्यक्ष यादवले बताए ।
मधेस प्रदेश सरकारले छोरी पढाउन उत्प्रेरणा जगाउने उदेश्यले निशुल्क साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्दै खबरहरु बाहिर आएपछि मुख्यमन्त्री रावतको नाम पनि जोडिएको थियो । यसैबिचमा अध्यक्ष यादवले मुख्यमन्त्री रावतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भन्ने खबरहरु आएका थिए ।









