
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डको पाउमा तेल घसिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गगन थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको बताए ।
बास्कोटा फेसबुकमा लेख्छन्, “गगनले भन्याथे-कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उमेदवारी।तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन।रामचन्द्र हराऊ,सुवास जिताऊ।प्रचण्ड होईन,देउवालाई तुलनात्मक जनमत प्राप्त छ।चकचकेको कचकच बन्द हुनै पर्छ।राम पुज्ने हो,खराऊ पुज्नु भ्रम ,देउवा सत्य प्रचण्ड भ्रम।”









