(file photo)
विराटनगर। काँग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका हुन् ।
पूर्वराष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा आएको भन्दै टिकाटिप्पणी भइरहेका बेला सभापति देउवाले दिएको यस अभिब्यवक्तीले सत्ताधारी दल एमालेलाई झस्काएको छ ।
एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन दिइरहेको छैन् । उनको सदस्यता समेत खारेज गरिएको छ । भण्डारीको राजनीतिक सकृयताले सबैभन्दा बढि एमाले अध्यक्ष केपी ओली असन्तुष्ट र तगारो बनिरहेका छन् । ओलीले यसअघि पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन संविधान र एमाले विधानले पनि नरोक्ने भन्दै सार्वजनिक अभिब्यक्ती दिइसकेका थिए तर अहिले उनैले भण्डारीलाई राजनीतिमा आउन मिल्दैन् भन्दै एमाले पार्टी सदस्यता नै खारेज गरेका छन् ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने नेकपा माओवादी केन्द्रको राजनीतिमा आइसकेका छन् ।
देउवाले अर्को प्रसंगमा बोल्दै संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने बताए । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ । सभापति देउवाले वर्तमान सरकारबाट काँग्रेसका मन्त्रीहरु फिर्ता नुहने समेत बताए ।