भव्य भयो काठमाडौंको गौरा पनि, देउडामा नेता भिम रावलदेखि नन्दकृष्ण जोशीको घम्साघम्सी


काठमाडौं । राजधानी काठमाडौं पनि यसबर्षको गौरा पर्व भव्य भएको छ । टुडिखेलमा उपस्थित हजारौं मानिसहरुले हर्षोल्लासका साथ देउडा खेल खेल्दै गौंरा पर्वमा रमाएका हुन ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक संस्कृतीकारुपमा मनाइदै आएको गौरा पछिल्ला केहि बर्षयता काठमाडौंमा पनि भव्य रुपले मनाइदै आएको छ ।

टुडिखेलमा आयोजित गौरा पर्वमा सुदूरपश्चिमका शिर्षस्थ नेताहरुको यसबर्षपनि उपस्थिती देखियो । गौराको अवसरमा आयोजित कार्यक्रममा पूर्वगृहमन्त्री तथा नेकपाका प्रभावशाली नेता भिम रावल, पूर्वमन्त्री तथा नेपाली काँग्रेसका युवा नेता एनपी साउँद, नेकपाका सांसद निरा जैरु,आशा बिक लगायतका सुदूरपश्चिमका नेताहरुको उपस्थितीले गौराको रौनक अझ बढेको देखिन्थ्यो ।

गौरामा लोक देउडा गायक नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय लगायतका सुदूरपश्चिमका कलाकारहरुको पनि उपस्थिती थियो ।
गौरा कार्यक्रममा सुदूरपश्चिमको लोक संस्कृती झल्किने विभिन्न नाचहरु समेत प्रस्तुत गरिएको थियो ।

गौरा पर्व मनाउन टुडिखेलमा उपस्थित नेता, कलाकार लगायत सुदूरपश्चिमेलीहरुले देउडा खेल पनि खेलेका थिए ।

के हो गौरा ?
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको र्धािक विस्वास अनुसार सुुदूरपश्चिम भव्य रुपले गौरा पर्व मनाइने चलन छ । गौरा पर्व भारतको गडवाल कुमाउँ हुँदै नेपालको पश्चिमी क्षेत्रमा फैलिएको अनुसंन्धानदाताहरुको भनाई छ ।

गौरा पूजा गर्नका लागि मुख्यगरी पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा छ ।

यो पर्वका लागि भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ । यो पाँच किसिमका गेडागुडी मिसाएर भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ।
यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइने परम्परा छ ।

भिडियो हेर्नुहोस

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार