नरिवल बेच्नेलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही (भिडियोसहित)

कुट्दै गरेको भिडियो खिच्नेलाई प्रहरीले कुटे

जनकपुरधाम । मन्दिर प्राङ्गणमा नरिवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीमाथी कारबाही सुरु भएको छ ।
जनकपुरस्थित जानकी मन्दिर प्राङ्गणमा नरिवल बेच्ने स्थानिय १६ बर्षीय रोशन चौधरीलाई कुटपिट गर्ने दुई प्रहरीमाथि कारबाही प्रकृया अघि बढाइएको हो।

उक्त घटनाको विरोधमा स्थानीयबासीले सडकको ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेपछि कुटपिटमा संलग्न पर्यटक प्रहरी इन्चार्ज असई विरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादवमाथी कारबाही सुरु भएको धनुषा प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

उनका अनुसार दुबैजनालाई तत्काल स्पष्टिकरण सोधिएको र स्पष्टिकरण बुझाएपछि कसुर अनुसारको कारवाही हुनेछ ।
प्रहरीले पैसा माग्दा नदिएपछि कुटपिट गरेको ति किशोरले बताएका छन् । बालकलाई कुटपिट गरेको भिडियो खिंच्ने स्थानिय सुशील कर्णलाई समेत ति प्रहरीहरुले कुटपिट गरेका थिए ।

कर्णलाई समेत कुटपिट गरेपछि स्थानियहरु प्रहरीप्रती आक्रोशित सडमा नारावाजी गर्दै टायर बालेर बिरोध गरेका थिए ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार