
काठमाडौं । केहि विवादका कारण हाँस्य टेलिशृंखला भ्रदगोलबाट छुट्टिएको जिग्री पाणें समुहले नयां हाँस्य टेलिशृंखला ल्याउने भएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त समुहले भद्रगोलकै शैलीमा ‘सक्किगोनी’ नामक हाँस्य टेलिशृंखला ल्याउने घोषणा गरेका हुन् । भद्रगोल उत्पादन गर्ने मिडिया हबसँग केहि विवाद भएपछि उनिहरु भद्रगोलबाट अलग भएका थिए ।
तर, मिडिया हबले उनिहरुको संगको विवाद सुल्झाउनुको साटो छुट्टै टिम बनाएर अघिल्लो हप्तादेखि रोकिएको भद्रगोललाई निरन्तरा दिएपछि उनिहरु नयां हाँस्य टेलिशृंखला गर्न बाध्य भएका हुन ।
भद्रगोल फेरि सुरु भएसंगै भद्रगोलकै एक मुख्य पात्र दिपक आर्चाय काकुले फेसबुकमा स्टाटस लेख्दै केहि गुनासो समेत पोखेका थिए ।
जिग्री पाणें समुहले सुरु गर्ने नयां हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ असोज २ गतेदेखि नेपाल टेलिभिजनबाट हरेक विहीबार बेलुका ८ः५० मा प्रसारण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

भद्रगोलकै शैली र समाजका विभिन्न बिकृती, बिसंगतीमाथी ब्यग्यं प्रहार गर्दै भरपुर मनोरंजनात्मक रुपमा आउने तयारीमा रहेको सक्किगोनी लाई दिपक आर्चायले निर्देशन गर्ने जनाइएको छ । यसअघि उनि भद्रगोललाई पनि निर्देशन गर्दै आएका थिए ।
सक्किगोनीमा चर्चित हास्याँ कलाकार कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (क्रकोज), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, गोविन्द कोइराला (जइन्ते), लगायत कलाकारको मुख्य अभिनय रहने छ ।
डेंगु रोगको त्रास फैलिएका बेला यो भिडियो हेरेर लाभ लिनुहोस ।









