शनिबार पनि काठमाडौं उपत्यकालगायत देशभर वर्षा


काठमाडौं । केहि दिनदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँँमा मौसमी बदली भइ बर्षा भइरहेको छ । दशै आउनै लाग्दा मौसम बदली भइ बर्षा भइरहेकाले धेरैलाई दशै हिलाम्मे हुनेमा चिन्ता पनि छ ।

केहि दिन देखिको बदलीपुर्ण मौसम आज (शनिवार) पनि त्यस्तै रहने भएको छ । काठमाडौं उपत्यका लगायत देशभर आजपनि सामान्य बदली भई वर्षा हुने मौसमविदले बताएका छन् ।

काठमाडौं उपत्यकामा बिहानै हल्का बर्षा समेत भएको छ । अहिलेपनि आकासमा बादल लागिरहेको छ । दिउँसो उपत्यका लगायत देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने बताइएको छ ।

जल तथा मौसम विज्ञान विज्ञानको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा मनसुनी गतिविधि हाल सक्रिय छ र अझै केही दिन सक्रिय नै रहने मौसमविदको भनाइ छ ।

नेपालमा सामान्यतया जून १० बाट मनसुन सुरु भएर सेप्टेम्बर २३ सम्म रहन्थ्यो । तर, पछिल्ला केहि बर्ष यता त्यस्तो भइरहेको छैन । जलवायु परिर्वतनका कारण मौसममा अचम्म तरिकाले बदली भइरहेको विज्ञहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार