काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं

काठमाडौं । काँग्रेस महाधिवेशनमा महिला महामन्त्री उम्मेदवार रीता खनालले कसैको भ्रममा नपरी स्वतन्त्रपुर्वक मतदान गर्न सबैमा अपिल गरेकी छन् ।
गगन थापाको नेतृत्वमा बदलिएको कांग्रेसमा कसैले गोजीबाट निकालेर दिएको चिरकटोमा विश्वास नगरी कहिल्यै अवसर नपाएका र क्षमतावान नयां अनुहारलाई खोजी खोजी मतदान गर्न उनले महाधिवेशन प्रतिनिधिहरुलाई हार्दिक अपिल गरेकी छन् ।
प्रहर नेतृ खनालले आफुले काँग्रेसमा ३५ बर्षसम्म निरन्तर निष्ठाको राजनीति गर्दा पनि कुनै अवसर नपाएको देशैभरीका काँग्रेसजनलाई थाहा भएकाले यसपटकको महासधवेशनमा आफुलाई महिला महामन्त्रीमा मतदान गरी विजयी गराएर न्याय गरदिन विनम्र अनुरोध गरेकी छन् ।
साँच्चिकै बदलिएको कांग्रेस बनाउन पटक पटक एउटै अनुहारलाई पदमा पुर्याउने काम यस पटक नगर्न पनि उनले आग्रह गरेकी छन् ।
गगन थापाको नेतृत्वमा काँग्रेसलाई बलियो बनाएर जनतामा गुमेको साख फर्काउन आफ्नो उम्मेदवारी रहेकाले एकपल्ट पार्टीमा जिम्मेवारी दिई काम गर्ने अवसर दिन पनि उनले सबै मतदाता प्रतिनिधिहरुलाई
असिपल गरेकी छन् ।

“यो महाधिवेशन कसैका लागि जिवनभर पटक पटक अवसरको साम्राज्य र कसैलाई सदा घेराबन्दी गरिएको पुरानो प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्ने आदरणीय गगन–विश्व नेतृत्वको महासंकल्पलाई तपाई सबै साथीहरुले आत्मसाथ गरि मतदान गर्नुहुनेछ भन्ने दृढ़ बिस्वासका साथ तपाईंको १ मत महिला महामन्त्रीमा प्रदान गरि म माथी ३५ बर्षदेखि भएको अन्याय र घेराबन्दीलाई तोडेर यस पटक राजनैतिक न्याय र नयाँ अनुहारलाई अवसर र परिक्षण गर्नहुन हार्दिक अपिल गर्दछु”, नेतृ खनालले भनेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार