स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी

काठमाडौं । नेपालस्थित स्वीटरल्याण्डको दूताबासले निर्वतमान मन्त्री गोकुल बास्कोटासँग लेनदेनको विषयमा कुनै छलफल नभएको बताएको छ । दूताबासले स्वीस कम्पनीका प्रतिनिधिले बास्कोटासँग कमिसनको कुरा गरेको भनेर अडियोमा कुराकानी भएको भन्ने खबरको  खण्डन गरेको छ ।

विहीबार जारी गरिएको विज्ञप्तिमा, दूतावासले समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल र बैठकको आह्वान नगरेको स्पष्ट गरेको छ । साथै समाचारमा आएको विषयका बारेमा आफुलाई जानकारी नभएको पनि उल्लेख गरिएको छ ।

विज्ञप्तिमा स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार नरहेको पनि दाबी गरिएको छ ।

निवर्तमान मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्वीस दूताबासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ । अडियोमा दूताबासको नाम मुछिएपछि वक्तव्यमार्फत एम्बेसीले खण्डन गरेको हो ।

विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार