काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ । नेकपाका अध्यक्ष प्रचण्डको नेतृत्वमा होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र नेकपा सचिवालय सदस्यहरुबीच सामूहिक भेटवार्ता भएको हो ।
भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी छन् । सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन् ।
सामूहिक भेटवार्तालगत्तै सी र प्रचण्डबीच पनि एक्लाएक्लै वार्ता हुने कार्यक्रम रहेको छ ।










