पर्सा । वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिइएको छ । साथै उनको अपहरणमा परेका एक बालकको सकुशल उद्धार भएको छ ।
घटना गएराति पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई वीरगञ्जको सिर्सिया खाल्वाटोलामा
गोली हानी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गोली दासको दाहिने खुट्टामा लागेको थियो ।
पक्राउ परेका दासलाई आज (बुधबार) जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र घटनाका बिषयमा विस्तृतमा जानकारी दिइने पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठोरले बताए ।
काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताए ।गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।









