भारतकाे नयाँ राजनीतिक नक्सा बारे विद्यार्थीकाे, ‘गो ब्याक इन्डिया’ नारा

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

विद्यार्थीले ‘गो ब्याक इन्डिया’ को नारा लगाएका छन् । साथै ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो’ भन्ने प्लेकार्ड समेत बोकेका थिए । भारतलाई आफ्नो नक्सा सच्याउनका लागि दबाब स्वरुप विरोध प्रदर्शन गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार