
काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । ललिता निवास प्रकरणका विषयमा मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार रिट दायर गरेका हुन।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवैलाई नीतिगत निर्णयमात्र गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। तर, अधिवक्ता न्यौपानेले अख्तियारको निर्णयलाई चुनौती दिदैं रिट दिएका छन् ।
अख्तियारले गत बुधबार तत्कालिन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सर्वोच्चले न्यौपानेले हालेको रिटको पेशी शुक्रबारलाई तोकेको छ।















