संक्रमणको आशंकामा पाटन र वीर अस्पतालमा भर्ना भएका ३ को मृत्यु, भारतबाट फर्केका

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा वीर अस्पताल भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका १५ काठमाडौंकी अन्दाजी ३५ वर्षीया ति युवतीलाई सोमबार बिहान ज्वरोले बेहोस भएको अवस्थामा अस्पताल ल्याइएको र दिउँसो मृत्यु भएको वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए ।

डा. सेञ्चुरीका अनुसार युवतीलाई अत्याधिक ज्वरो आएको र स्वास फेर्न गाह्रो भइरहेको थियो ।

युवतीलाई कोरोना भए नभएको पत्ता लागाउन उनको स्वाब झिकेर टेकु अस्पताल पठाइएको समेत डा. सेञ्चुरीले बताए ।

त्यस्तै भारतबाट हालै फर्किएका ५० वर्षका पुरुषको पनि वीर अस्पतालमा मृत्यु भएको छ ।

दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको डा. सेञ्चुरीले जानकारी दिए । तर रिपोर्ट आएको छैन ।

कोरोनाको आशंकामा पाटन अस्पतालमा पनि एकको मृत्यु
कोरोनाको आशंकामा पाटन अस्पतालमा पनि एकको मृत्यु भएको छ । चैत १४ गते भारतबाट नेपाल फर्किएका धादिङ खनियाँवास घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो । उनलाई अस्पतालको आइसीयूमा राखिएको थियो ।

तामाङ थर भएका युवको सोमबार बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले पुष्टि गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार