कुवेतमा झापाका एक युवाको सुतेकै ठाँउमा मृत्यु

झापा । झापाका एक युवाको कुवेतमा मृत्यु भएको छ । झापाको मार्इधाराका बिष्णु घिमिरे नाम गरेका नेपालीको शुक्रबार सुतेकै ठाँउमै मृत्यु भएको छ ।
७ बर्ष पहिले कुवेत गएका उनि एजिलीटि कम्पनीमा सवारी चालकको रुपमा कार्यरत रहेको झापाली समाज कुवेतले जनाएको छ । घिमिरे झापाली समाज कुवेतका कार्यकारी सदस्य समेत हुन ।
घिमिरेको मृत्युको बिषयमा अनुसंन्धान भइरहेको र शव नेपाल ल्याउनेबारे आवश्यक तयारी भइरहेको समेत झापाली समाज कुवेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार