
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि कोरोना भाइरसको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् ।
उनका सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् ।
सल्लाहकार पाउक गत साता संसद्मा नेतान्याहूसँगै उपस्थित भएकाले संक्रमण संभावना रहेको भन्दै स्वास्थ्य मन्त्रालयले उनलाई पनि आइसोलेसनमा बस्न सुझाव दिएका छ।
अन्र्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएअनुसार नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने छन् ।
इजरायलमा अहिलेसम्म कोरोना भाइरसबाट १५ जनाले मृत्यु भएको छ भने ४ हजार बढि संक्रमित छन् ।











