हत्यारा कुनै हालतमा उम्कन नसक्ने र पीडितलाई न्याय दिलाई छाड्ने मन्त्री शाहको प्रतिबद्धता

धर्नामा बसेका पीडितसंग भेटघाट

कंचनपुर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाडिने बताएका छन । घटनाको अनुसंन्धान गर्र्ने क्रममा सुरुमै केहि कमजोरी भएपनि हत्यारा कुनै हालतमा उम्कन नसक्ने र पीडितलाई न्याय दिलाई छाड्ने मन्त्री शाहले प्रतिबद्धता समेत ब्यक्त गरे ।

न्याय माग्दै धर्ना बसिरहेका निर्मलाका आमाबुवा र अधिकारकर्मीलाई आज (शुक्रबार) दिउसो भेटेका मन्त्री शाहले घटनाका दोसीहरुलाई कानुनको कठगरामा ल्याइने र पीडितलाई न्याय दिलाई छाड्ने प्रतिबद्धता ब्यक्त गरेका हुन ।

“निर्मलाका हत्यारा कुनैपनि हालतमा समातिन्छन मन्त्री शाहले भने, समय लागेपनि हामी पीडितलाई न्याय दिलाएरै छाड्ने छौं ।”

चिसो मौसममा स्वास्थको समेत बेवास्था गर्दै न्याय माग्न जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा धर्ना बसेका निर्मलाका आमाबुवालाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत मन्त्री शाहले आग्रह गरेका छन । चिसोका कारण निर्मलाका बुवा सहित पुरै परिवार अस्वस्थ छ ।

निर्मलाका बुवाको स्वास्थ्य अवस्था बिग्रदै गएको प्रती चासो राख्दै मन्त्री शाहले न्याय पाउने कुरामा ढुक्क हुन र आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेको निर्मलाकी आमा लक्ष्मी पन्तले अनमोलपोष्टलाई बताईन ।

” तपाईहरुलाई जसरि पनि न्याय दिलाउछौं र हत्यारा पत्ता लगाई छाड्छौं मन्त्री ज्यूले भन्नु त भयो आमा लक्ष्मीले भनिन, आसा त पहिल्यैदेखि देखाएकै छन तर, खै कहिले हत्यारा समात्ने हुन, हाम्री छोरीको आत्माले कहिले शान्ती पाउने हो ? ”

धर्ना बस्दा आफुहरु बिरामी परेको र निर्मलाका बुवाको स्वास्थ्य अवस्था बिग्रदै गईरहेका उनको भनाई छ ।

निर्मला पन्तको हत्या भएको तीन महिना बितिसक्दा समेत न्याय नपाएको भन्दै कात्तिक २५ गतेदेखि निर्मलाको परिवार जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा चौबिसै घण्टा धर्नामा छ ।

धर्नामा निर्मलाका बुवा, आमा, भाई बहिनी लगायत अधिकारकर्मीहरु भोक प्यास र चिसोको कुनै बास्ता नगरि निर्मलाको हत्यारा सार्बजनिक गनुपर्ने भन्दै न्याय गरिरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार