काठमाडौं । लकडाउनको बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको भन्दै नेपाल आयल निगम लिमिटेडले मूल्य घटाएको हो ।
निगम संचालक समितिको बुधबार बसेको बैठकले कोरोनाबाट आएको गिरावट भन्दै बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको छ । निगमले साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको बताइएको छ ।
२०२० अप्रिल १ मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार अब पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।










