बाग्लुङकी संक्रमित युवतीका परिवारमा कोरोना भेटिएन


बाग्लुङ । बाग्लुङकी कोरोना संक्रमित युवतीका परिवारका सदस्यलाई संक्रमण नभएको पुष्टि भएको छ । युवतीका परिवार लगायत ११ जनाको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको धौलागिरि अञ्चल अस्पताल बाग्लुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा. शैलेन्द्र बी पोख्रेलले जानकारी दिए ।

उनका अनुसार अस्पतालले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो ।

परीक्षणका लागि पठाइएकामध्ये युवतीका बुबा, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको डा। पोख्रेलले बताउ ।

उनका अनुसार संक्रमित युवतीको स्वास्थ्यवस्था अहिले सामान्य रहेको छ । संक्रमित युवती यही चैत ४ गते बेल्जियमबाट नेपाल फर्केकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार