
काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले असगर अलीलाई प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकार पदबाट तुरुन्त हटाउनु पर्ने माग गरेका छन् ।
नेता कोइरालाले शुक्रबार एक विज्ञप्ति जारी गरी प्रबिधि सल्लाहकार अलिको लगानी रहेको सिरान टेक्नोलोजीले काठमाडौ प्रेसको समाचार साईटबाट हटाईएको ( ह्याक गरेको) बिषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
“संसारमै नहुने यस्तो बिरलै घटना प्रेस र अभिब्यक्ति स्बतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना हो। संसारमा कहिं र कतैपनि प्रकाशित समाचारलाई लिएर बिमती हुदैमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउॅदैनन्। प्रधानमन्त्री ओलीले आफ्ना ति सूचना प्रविधि विज्ञलाई तुरून्त पदबाट बर्खास्त गर्नुपर्छ र यो घटनामा संलग्न दोषीहरूमाथी कारबाही गरिनुपर्छ”, उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागीसकेको प्रसंगमा सरकारले अब कानुनी कारबाही अगाडी बढाउनु पर्ने नेता कोइरालाको भनाई छ ।
अली संलग्न कम्पनीले निजी बैकमा रहेको अर्बौ रूपैया तलमाथी गरे त्यसको परिणाम के हुन्छ ? भनि प्रश्न गर्दै नेता कोइरालाले समाचार साईट ह्याक गर्नैको हातमा २२ बटा वाणिज्य बैक र २६ बटा वित्तिय संस्थाको गेटवे हुनुले लाखौ नेपालीले आफ्नो दुख परिश्रम गरेर जम्मा गरेको अर्बौ रूपैयाको जोखिम बढाएको तर्क गरे।









