कैलालीमा कोरोना संक्रमित भेटिएको भन्दै स्टाटस लेख्ने व्यक्ति पक्राउ

कैलाली । प्रहरीले कोरोना संक्रमित व्यक्ति भेटिए भन्दै फेसबुकमा स्टाटस लेख्ने एक व्यक्तिलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका २ का  पवनकुमार भट्टराई रहेका छन् ।

उनले फेसबुकमा गतल स्टाटस लेखेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले  नियन्त्रणमा लिएको बताएको छ ।
उनले फेसबुकमा टीकापुर नगरपालिका १ को ब्लक नम्बर १० मा संक्रमित भेटिएको भन्दै स्टास लेखेको थिए ।

कोरोना संक्रमितको संख्या धेरै भएको सुदूरपश्चिममा यस्ता खबरले झनै नागरिकलाई डर र त्रास फैलिने प्रहरीको भनाई छ । यसरी नागरिकलाई अफवाह फैलाएको भन्दै प्रहरीले उनलाई आवश्यक कारबार्ही गर्ने बताएको छ ।

तर स्टाटस लेख्ने व्यक्तिले भने आफूले हल्ला सुनेर फेसबुकमा स्टाटस लेखेको बयान दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार