काठमाडौंमा अलपत्र परेकालाई घर पठाउने विषयमा कुनै निर्णय भएको छैन् : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं बाट कुनै पनि नागरिकलाई घर पठाउने निर्णय नभएको बताएको छ । बिहिबार बेलुका एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले नागरिकलाई घर पठाउने विषयमा कुनै पनि निर्णय नभएको बताएको हो ।

यस अघि बिहिबार दिउँसो सरकारले काठमाडौं बाट घर जान चाहनेका लागि शुक्रबार र शनिबार दुई दिन लकडाउन खोल्ने निर्णय भएको भन्दै समाचार बाहिरिएको थियो ।

तर, एक्कासी सरकारले डेढ घण्टामै निर्णय परिवर्तन गरेको कुरा पनि आएको थियो । तर मन्त्रालयले भने विज्ञप्ती नै निकालेर काठमाडौंमा अलपत्र परेका नागरिकलाई घर पठाउने विषयमा कुनै निर्णय नभएको बताएको छ ।

मन्त्रालयका सह प्रवत्ता उमाकान्त अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, काठमाडौंमा अलपत्र परेका नागरिकलाई भोली र पर्सि घर पठाउने विषयमा केही सञ्चार माध्यममा प्रसारित समाचारप्रति मन्त्रालयको ध्यान आकर्षण भएको छ । साथै विज्ञप्तिमा काठमाडौं उपत्यकामा अलपत्र परेका नागरिकलाई घर पठाउने विषयमा कुनै पनि निर्णय नभएको उल्लेख गरिएको छ ।

विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार