बझाङ । लकडाउनको बेला मेला सञ्चालन गर्न अनुमति दिने वडा अध्यक्ष सहित ९ जनालाई जिल्ला प्रशासन कार्यालय बझाङले कारवार्ही गरको छ । कार्यालयले देशभर भइरहेको लकडाउनको उल्लंघन गरेको भन्दै कारवार्हि गरेको हो ।
कार्यालयले जिल्लाको छविसपाथिभेरा गाउँपालिका २ का अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मरराज थापालाई कारवाहीं स्वरुप एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाएको छ ।
यस्तै गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का अध्यक्ष लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा संग्लग्नता कम देखिएको भन्दै ७ दिन बराबरको कैद र एक सय जरिवाना गराइएको थियो । उनीहरुले २ हजार २ सय जरिवाना तिरेर छुटेका छन् ।
उनीहरुसंगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी नृपप्रसाद जोशी र उनका दुईजना सहयोगी फुलपाते पण्डित डम्बरबहादुर धामी, पुजारी जयकृष्ण जोशी र स्थानीय रजबार ईन्द्रबहादुर सिंहलाई भने एक सय जरिवाना गरिएको बताइएको छ ।
विश्वभर भैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि चैत ११ गतेदेखि बैसाख ३ गते सम्म लकडाउनको घोषणा गरिएको छ । तर बझाङमा चैत २४ गते बान्नीकी चैतली मेला सञ्चालन गरिएको थियो । मेलामा हजारौं व्यक्तिको सहभागिता रहेको थियो ।
उक्त सहभागिता बारे चोतर्फी विरोध हुन थालेपछि स्थानीय सरकारले कारवार्ही प्रक्रिया अगाडी बढाएको हो ।
सरकारको निर्णयविरुद्ध मेला सञ्चालन गरेको आरोपमा प्रहरीले जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी गरी ९ जनालाई पक्राउ गरेको थियो ।










