काठमाडौं । अहिले विश्वभर कोरोनाभाइसको संक्रमण फैलिएको छ । कोरोनाको संक्रमणबाट बच्नका लागि धेरै देशमा लकडाउन गरिएको छ । कतिपय देशले कोरोनाको जोखिम कम भएको भन्दै लकडाउन खुल्ला गर्ने गरिरहेका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अहिले नै लकडाउनलाई हटाइयो भने झन खतरा हुने चेतावनी दिएको छ । (डब्ल्यूएचओ) ले यदि हतार गरेर लकडाउन हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी दिएको हो ।
(डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका देशलाई लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आग्रह गरेका छन् ।
युरोपमा सबै भन्दा बढी कोरोनाबाट इटली र स्पेन प्रभावित भएका छन् । त्यहाँ हजारौंको ज्यान गएको छ भने लाखौं प्रभावित छन् ।
ती देशले लकडाउन गर्न ढिला गरेकै कारण यति ठुलो क्षति व्यहोर्नु परेको हो ।








